२९ जेठ २०८३, शुक्रबार

रोल्पामा २८ रोपनीमा लगाइएको अफिम खेती प्रहरीद्वारा नष्ट

रोल्पामा २८ रोपनीमा लगाइएको अफिम खेती प्रहरीद्वारा नष्ट

रोल्पाका विभिन्न स्थानमा गरिएको अफिम खेती प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोलीले परिवर्तन गाउँपालिका–४ र ५ का विभिन्न ठाउँमा करिब २८ रोपनीमा लगाएको २५ हजार ५ सय अफिमका बोट नष्ट गरेको हो । 

अफिम खेती नष्ट गर्न प्रहरी नायब उपरीक्षक श्याम सारुमगर नेतृत्वको ३८ जनाको  टोली खटिएको थियो ।

सारुमगर नेतृत्वको टोलीले परिवर्तन–४ खोलागाउँ, तारल र वसुन्धरामा करिब २० रोपनीमा पाखोबारीमा लगाएको अफिम खेती नष्ट गरेको हो । यहाँ करिब १८ हजार अफिमका बोट नष्ट गरिएका छन् । ​

त्यसैगरी प्रहरीको अर्को टोलीले परिवर्तन-४ जैरेनी र तातापानी  तथा  परिवर्तन-५ बजेनीमा करिब आठ रोपनीमा लगाएको ७ हजार पाँच सय अफिमका बोट नष्ट गरेको छ ।

उत्तरी र पूर्वी रोल्पामा गरिँदै आएको अवैध अफिम खेती हरेक वर्ष प्रहरीले नष्ट गर्ने गरिरहेको छ। 

salt training

कमेन्ट गर्नुहोस्