२९ जेठ २०८३, शुक्रबार

चीनको अलीबाबाले ल्यायो च्याटजीपीटीको जस्तै च्याटबोट

चैत २९, २०७९
चीनको अलीबाबाले ल्यायो च्याटजीपीटीको जस्तै च्याटबोट

चीनको विशाल प्रविधि कम्पनी अलीबाबा ग्रुपले तोङ्यी छ्यानवन नामक च्याटबोट सार्वजनिक गरेको छ । 

संसारभरि तहल्का मच्चाइरहेको च्याटजीपीटीलाई चुनौती दिन चीनले यसलाई ल्याएको बताइएको छ । 

‘जेनेरेटिभ एआई र क्लाउड कम्प्युटिङले अहिलेको प्रविधिलाई डोहोर्‍याइरहेको छ र सबै क्षेत्रले अग्रता हासिल गर्न इन्टेलिजेन्सलाई अंगाल्नुपर्ने भएको छ,’ अलीबाबाका अध्यक्ष चाङ योङले बताए । 

अलीबाबाले सन् २०१९ मा ल्यांग्वेज मोडलको अनुसन्धान थालेको थियो । नयाँ उत्पादन कम्पनीको डिङटक नामक मेसेजिङ यापमा जडान गरिनेछ । यसले बैठकको नोट, कविता, ईमेल, बिजनेस प्रस्ताव सबैथोक बनाइदिन्छ । 

चीनका अन्य ठूला प्रविधि कम्पनीहरू पाइतु, टेन्सेन्ट र नेटईजले पनि एआई च्याटबोट बनाउन थालेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्