१५ असार २०८३, सोमबार

सुरक्षा घेरामै पूर्व सांसद अतीकको हत्या, उत्तर प्रदेशभर धारा १४४ लागू

बैशाख ३, २०८०
सुरक्षा घेरामै पूर्व सांसद अतीकको हत्या, उत्तर प्रदेशभर धारा १४४ लागू

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा पूर्व सांसद अतीक अहमद र उनका भाइ अशरफको हत्या गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी हिरासतमा रहेका उनको हत्या भएको हो । बयानका लागि प्रयागराज ल्याइएका दुवैको मेडिकल जाँच गराउन अस्पताल लैजाने क्रममा अकस्मात हमला भएर हत्या गरिएको हो ।

विधायक राजू पालको हत्या आरोपमा दुवै जना प्रहरी हिरासतमा थिए । बिहीवार यूपी पुलिसले अतीक अहमदका छोरा असद र उनका साथी गुलामलाई इन्काउन्टरमा मारेको थियो ।

यी घटनाक्रमले शान्ति सुरक्षामा खलल पुग्ने देखेपछि प्रदेश सरकारले उत्तर प्रदेशभर धारा १४४ लागू गरेको छ । १४४ लागू भएपछि ५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन पाउँदैनन् ।

मुख्यमन्त्री योगी आदित्यनाथले सुरक्षाकर्मीलाई सतर्कता अपनाउन निर्देशन दिएका छन् । मुख्यमन्त्री कार्यालयको आदेशमा भनिएको छ, ‘प्रदेशमा शान्ति व्यवस्था कायम हुनुपर्‍यो । यसमा सबै प्रदेशवासीको सहयोग चाहिन्छ । आम सर्वसाधारणलाई कुनै पनि किसिमको हैरानी नहोस् भन्नेमा ध्यान दिनुहोला ।’

salt training

कमेन्ट गर्नुहोस्