२२ असार २०८३, सोमबार

क्यालिफोर्नियाको 'नो-किल' पशु आश्रयस्थलमा ११७ कुकुरको कंकाल भेटियो, धेरैलाई गोली हानिएको आशंका

असार १५, २०८३
काठमाडौं
क्यालिफोर्नियाको 'नो-किल' पशु आश्रयस्थलमा ११७ कुकुरको कंकाल भेटियो, धेरैलाई गोली हानिएको आशंका

क्यालिफोर्नियाको एउटा ‘नो-किल’ (जनावरलाई नमार्ने नीति भएको) पशु आश्रयस्थलको परिसरमा कम्तीमा ११७ वटा कुकुरका अवशेषहरू फेला परेका छन्। भेटिएकामध्ये धेरैजसो कुकुरहरूलाई गोली हानिएको पाइएको अधिकारीहरूले बताएका छन्।

हम्बोल्ट काउन्टी शेरिफको कार्यालयले दिएको जानकारी अनुसार क्यालिफोर्नियाको फोर्टुनामा अवस्थित ५० एकड (२० हेक्टर) क्षेत्रफलमा फैलिएको ‘मिरान्ड्याज रेस्क्यु एनिमल सेन्चुरी’मा खानतलासी गर्दा कुकुरका अवशेषका साथै २१ वटा खप्पर र सयौँ अन्य हड्डीहरूसमेत फेला परेका हुन् । 

अनुसन्धानकर्ताहरूले उक्त स्थानमा खोजतलास गर्दा एउटा गोठभित्र कुकुरहरू मारिएको हुन सक्ने सम्भावित क्षेत्र फेला पारेको सीएनएनले जनाएको छ । शेरिफ कार्यालयका अनुसार उक्त स्थानको नजिकै ६०० भन्दा बढी कुकुरका घाँटीमा बाँधिने कलरहरू समेत बरामद गरिएको छ।

शेरिफ कार्यालयका अनुसार गत अप्रिल महिनामा उक्त आश्रयस्थलविरुद्ध पशु दुर्व्यवहार, पशु क्रूरता, ठगी र षड्यन्त्रसम्बन्धी विश्वसनीय सूचना प्राप्त भएपछि अनुसन्धान शुरू गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्