
नेपाली कांग्रेसबाट एनपी साउँद परराष्ट्रमन्त्री बन्ने भएका छन् ।
यसअघि नै मन्त्रीका लागि अन्तिम तयारीमा रहेका साउँदलाई आज आइतवार परराष्ट्रमन्त्री बनाउने तयारी गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ६ वटा मन्त्रालय बाँकी भए पनि आइतवार साउँदको मात्रै शपथको तयारी भएको छ ।
‘६ वटा मन्त्रालय बाँकी भए पनि एनपी साउँदलाई मात्रै परराष्ट्रमन्त्रीमा शपथ गराउने तयारी छ,’ कांग्रेस स्रोतले भन्यो ।
एक जना मन्त्रीका लागि शपथको तयारी गर्न प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालय शीतलनिवासलाई सन्देश पठाइसकेको छ ।
प्रधानमन्त्रीसँग अझै कानून, न्याय तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या गरी ६ वटा मन्त्रालयको जिम्मा छ ।
यसअघि चैत १७ गतेमा कांग्रेसबाट उपप्रधानसहित रक्षामा पूर्णबहादुर खड्का, अर्थमा डा. प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र शहरी विकासमा सीता गुरुङ मन्त्री भएका थिए ।