१० असार २०८३, बुधबार

बैतडीको दोगडाकेदारमा युवकको हत्या

बैतडीको दोगडाकेदारमा युवकको हत्या
प्रतिकात्मक तस्वीर

बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका १ युवकको हत्या भएको छ ।

अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

शनिवार साँझ ८ बजे घरनजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो । उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ ।

थप अनुसन्धानका लागि प्रहरी निरीक्षक खत्री नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

salt training

कमेन्ट गर्नुहोस्