१२ साउन २०८३, मंगलबार

श्रीलंकाको उदाहरण दिँदै रामहरि खतिवडाले संसदमा भने– नेपालका बाँदर पनि चीनतिर पठाइयोस् !

श्रीलंकाको उदाहरण दिँदै रामहरि खतिवडाले संसदमा भने– नेपालका बाँदर पनि चीनतिर पठाइयोस् !

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पहाडी भेगमा जनतालाई सास्ती दिइरहेका बाँदरलाई चीनतिर निकासी गर्न सरकारलाई सुझाव दिएका छन् ।

आइतवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद खतिवडाले श्रीलंकाको उदाहरण दिँदै केही बाँदर चीनतिर पठाउन आग्रह गरेका हुन् । 

‘भर्खरै पनि चर्चा चल्यो, देशमा बाँदर आतंक छ, मैले एउटा समाचार पढेको थिए । श्रीलंकाले बाँदर चीन निकासी गरेर बेचेछ । आर्थिक संकट परिरहेको छ, केही बाँदर चीन लैजाने व्यवस्था गरियोस् । कि मार्ने अनुमति दिइयोस्,’ खतिवडाले भने । 

त्यसअघि शून्य समयमै माओवादी सांसद रामकुमार राईले बाँदरको व्यवस्थापन गर्न या किसानलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराएका थिए । 

‘पहाडी जिल्लामा बाँदरको कारणले जनताको उठिबास भइरहेको छ । बसाईंसराई भइरहेको छ । किसानको धनको क्षति भइरहेको छ । जनताको सम्पत्तिको रक्षाका लागि बाँदरको व्यवस्था गरियोस्, गर्न नसके जनतालाई क्षतिपूर्ति दिइयोस्,’ राईले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्