नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउद परराष्ट्र मन्त्री नियुक्त भएका छन् ।
प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले साउदलाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्री साउदलाई आइतवार राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा शपथ गराएका छन् । फागुन १५ गते नेकपा एमालेले सरकार छाडेपछि परराष्ट्र मन्त्रालय लामो समयदेखि मन्त्रीविहीन थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण गर्ने तयारी भएपछि परराष्ट्रमन्त्री नियुक्त गरिएको हो ।
यस्तै भौतिक पूर्वाधार राज्यमन्त्रीका रूपमा नन्दा चपाईंले पनि पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
आठौंपटक विस्तार हुँदा पनि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।