०६ साउन २०८३, बुधबार

भारतीय विदेशमन्त्रीद्वारा नेपाली समकक्षी साउदलाई बधाई

भारतीय विदेशमन्त्रीद्वारा नेपाली समकक्षी साउदलाई बधाई

भारतीय विदेशमन्त्री डा एस जयशंकरले नेपाली समकक्षी एनपी साउदलाई बधाई तथा शुभकामना दिएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै आफ्नो पदभार सम्हालेका परराष्ट्रमन्त्री साउदलाई जयशंकरले साँझ ट्वीटरमार्फत बधाई तथा शुभकामना दिएका हुन् । 

‘हाम्रो बहुआयामिक साझेदारीलाई बलियो बनाउन तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।  तपाईको नयाँ भूमिकामा सफलताको शुभकामना !’ उनले ट्वीटरमा भनेका छन् । 

कमेन्ट गर्नुहोस्