२६ असार २०८३, शुक्रबार

इरानमा हिजाब कानून तोड्ने १५० व्यवसाय बन्द

बैशाख ३, २०८०
इरानमा हिजाब कानून तोड्ने १५० व्यवसाय बन्द

इरानको कडा इस्लामिक ड्रेस कोडअन्तर्गत महिलाले हिजाब लगाउनुपर्ने कानूनकोसम्मान नगरेको भन्दै इरानी प्रहरीले आइतबार २४ घण्टामा १५० भन्दा बढी व्यवसाय बन्द गरेको जनाएको छ ।

प्रहरीले अब निगरानी क्यामेरा र अनुहार चिन्ने प्रविधिको प्रयोग गरेर कानून उल्लङ्घन गर्ने महिलाहरूलाई नयाँ निगरानी योजना लागू गरेको बताएको एक दिनपछि बन्दको घोषणा गरिएको थियो ।

सन् १९७९ को इस्लामी क्रान्तिको केही समयपछि नै महिलाहरूले सार्वजनिक स्थलमा हिजाब लगाउनुपर्ने प्रावधानलाई कानुनमा समावेश गरिएको थियो ।

“दुर्भाग्यवश, ड्रेस कोडमा यसअघिको चेतावनीलाई ध्यान नदिएको भन्दै प्रहरीले १३७ पसल, १८ रेस्टुरेन्ट र रिसेप्सन क्षेत्र बन्द गर्नुपरेको छ,” प्रहरी प्रवक्ता सइद मोन्टाजेरोल्माहदीलाई उद्धृत गर्दै तस्निम समाचार एजेन्सीले जनाएको छ ।

गत वर्ष कुर्दिश–इरानी २२ वर्षीया महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनपछि संहिता उल्लङ्घन गर्ने महिलाको सङ्ख्या बढेपछि उक्त कारबाही गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्