१० असार २०८३, बुधबार

कतारले सन् २०२३ मा ५० लाखभन्दा बढी पर्यटक भित्र्याउने अपेक्षा

बैशाख ३, २०८०
कतारले सन् २०२३ मा ५० लाखभन्दा बढी पर्यटक भित्र्याउने अपेक्षा

विश्वकपपछि केही सुनसान देखिएपनि सन् २०२३ मा ५० लाखभन्दा बढी मानिसले खाडी मुलुक कतारको भ्रमण गर्ने अपेक्षा गरिएको यहाँका पर्यटन प्रमुखले आइतबार बताएका छन् ।

कतार एयरवेज र कतार पर्यटनका प्रमुख अकबर अल–बेकरले डिसेम्बर १९ मा भएको विश्वकप फाइनलपछि होटलहरू शान्त भएको स्वीकारे ।  

तर उनले प्रतियोगितापछि हरेक विश्वकप आयोजकको अवस्था उस्तै रहनेगरेको बताउँदै  कतारका होटलहरू अझै पनि ६५ देखि ७० प्रतिशत सम्म भरिभराउ रहेको बताए ।

बेकरले सन् २०२३ को पहिलो त्रैमासिकमा ११ लाख ६० हजार पर्यटक कतारको भ्रमण अवलोकन गरेको पत्रकार सम्मेलनमा एएफपीसँग बताए ।

सन् २०१९ मा कोरोना भाइरस महामारी अघि करिब २१ लाख पर्यटक आएका थिए । तुलनात्मक रूपमा, प्रतिद्वन्द्वी दुबईमा २०२२ मा एक करोड ४० लाखभन्दा बढी पर्यटकहरू भेला भएका थिए ।

आफ्नो प्राकृतिक ग्याँस सम्पत्तिमा निर्भरता अन्त्य गर्न कतारले पर्यटनका लागि पूर्वाधार र प्रमुख खेलकुद कार्यक्रमहरू आयोजना गर्न अरबौं डलर खर्च गरेको छ ।

सरकारले सन् २०३० सम्ममा वार्षिक ६० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । 

salt training

कमेन्ट गर्नुहोस्