×

Nic Asia
Prabhu Bank

सन्दर्भ : बारा- २ को चुनाव

किसानका कुरा जनमतले मात्र उठाएको छ, जनता मेरो साथमा छन्– शिवचन्द्र कुशवाहा [अन्तर्वार्ता]

बैशाख ४, २०८०

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको बारा- २ मा जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुशवाहा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् ।

yONNEX
Frooti
Appy

२०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार भएर निकटतम् प्रतिद्वन्द्वी रहेका कुशवाहा अहिले सीके राउतले नेतृत्व गरेको जनमत पार्टीबाट उम्मेदवार हुन् ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

निर्वाचन प्रचारप्रसारमा खटिएका बेला आइतवार राति उनको गाउँ बरियारपुरस्थित सम्पर्क कार्यालयमा पुगेर लोकान्तरकर्मी अजयअनुरागीले चुनावसँग  सम्बन्धित विषयमा संक्षिप्त कुराकानी गरेका छन् ।


Advertisment
Lokantar App
Saurya island

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

JYOTI
Vianet communication

चुनावी तयारी कस्तो चल्दैछ?

चुनाव भनेको भोट माग्ने कुरा हो । चुनाव जित्नका लागि जनताको भोट चाहिन्छ । भोट मागिरहेका छौं ।

तपाईंको प्रतिस्पर्धीका रूपमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि हुनुहुन्छ । उहाँलाई सत्ता गठबन्धनले पनि समर्थन गरेको देखिन्छ । गठबन्धनका हेभीवेट उम्मेदवारविरुद्धको प्रतिस्पर्धालाई कसरी हेर्नुभएको छ?

माथि केन्द्रमा कागजमा मात्र गठबन्धन भएको छ । यहाँ जनताबीच गठबन्धन भएको छैन । जनताले त्यो गठबन्धन मानेको पनि छैन । जनमत पार्टीले जनतासँग गठबन्धन गरेको छ ।

हामी जनताको बीचमा छौं । दलीय गठबन्धन यहाँ मंसिरको चुनावमा पनि लागू भएन, अहिले पनि जनताले मान्दैनन् ।

जसपाले नै जितेको सीट, त्यसमाथि कांग्रेस, माओवादी, लोसपा समेतको समर्थनले चुनाव जित्नेमा ढुक्क छौं भन्ने जसपाको दाबी छ नि !

दाबी गरेर हुन्छ ? २०७४ को चुनावमा २८ हजार मत जसपाले पाएको थियो । मैले १० हजार ६०० पाएको थिएँ । अहिले भर्खर सम्पन्न भएको २०७९ को चुनावमा जसपाको मत १३ हजार ८०० मा झरेको छ त्यो पनि नेकपा एमालेको समर्थनमा । र, १० हजार ६०० मैले २०७४ मा पाएको थिएँ, अहिले १३ हजार ४ सय ५९ मत थिएँ । यसरी हेर्नुभयो भने पनि जसपा पार्टीप्रति यहाँ जनताको आकर्षण घटेको छ । जसपाले दुई-दुईपटक चुनाव जिते पनि जनताका लागि केही गर्न सकेको छैन ।

उपेन्द्र यादवले यहीँका सांसदलाई उपराष्ट्रपति बनाउनुभयो,बाराकै नेतालाई मधेशको मुख्यमन्त्री र बाराकै नेतालाई पार्टीको प्रदेश अध्यक्ष बनाउनुभएको छ,यस हिसाबले उहाँले निकै प्राथमिकता दिएको देखिन्छ नि !

पार्टीको कुनै क्याडरलाई अवसर दिएर केही हुनेवाला छैन । जनतालाई त विकास चाहिएको छ । जनता त मलखादका लागि छट्पटाइरहेका छन् । त्यो मुद्दा त जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबाहेक कसले उठाएको छ ? जनताले जसपालाई मत दियो तर जसपाले जनतालाई के दियो त ? जसपाले आफ्नो पार्टीभित्रको क्याडरलाई उपराष्ट्रपति  बनाउँदैमा जनताले केही पाउने होइन ।

उपेन्द्रलाई हेभीवेट उम्मेदवार भनिएको छ,उहाँसँगको प्रतिस्पर्धामा आफूलाई कहाँ पाउनुहुन्छ ?

उपेन्द्र यादवको राजनीतिक पृष्ठभूमि र मेरो राजनीतिक पृष्ठभूमिको तुलना गर्न मिल्दैन । कसैले कुनै पार्टी खोलेर अध्यक्ष बन्दैमा हुँदैन । उपेन्द्रजी कुनै बेला मेरो जुनियर भएर काम गर्नुभएको छ । हाम्रै पार्टीभित्र ममाथि कुनै बेला षड्यन्त्र भएको कारणले हामीले त्यो अवसरहरू पाएनौं ।

उहाँले एउटा पार्टी खोलेर जानु भयो, एउटा अवसर पाउनुभयो । पार्टीको अध्यक्ष हुनुहुन्छ । तर, मेरो पार्टीभित्रको इतिहास, त्याग र बलिदान, जनताबीच मेरो भूमिका, उत्तरदायित्व जे छ, त्यो उपेन्द्रभन्दा कम छैन ।

मधेश आन्दोलनकै कुरा गर्ने हो भने मेरो भूमिका सबैलाई थाहा छ । एउटा निषेधाज्ञा त तोड्न सकिरहेको थिएनन् । ३७ औं दिनमा जनताले बाध्य बनाएपछि मैले नेतृत्व लिएर निषेधाज्ञा तोडेको थिएँ । मैले जनतालाई भनेको थिएँ कि अब आन्दोलनको नेतृत्व म गर्छु र मेरो नेतृत्वमा निषेधाज्ञा तोडेर आन्दोलन सफल भएको थियो ।

जनताले गरेको त्याग र बलिदानको ब्याज उपेन्द्रजीले जसपा पार्टी खोलेर अहिलेसम्म खाइरहनुभएको छ । त्यसैको त उपज हो कि सप्तरीमा जनताले धेरै मतान्तरका साथ पराजित गरेर डा. सीके राउतलाई निर्वाचित गरेको हो ।

नयाँ विचार र नयाँ मुद्दाका साथ राउतजी जनताका बीच गएपछि जनताले उहाँलाई जिताएर पठायो ।​

जनयुद्धकालीन मुद्दाका आरोपहरू पनि तपाईंमाथि लगाएको सुनिन्छ नि!

मैले सेना (माओवादी सेना)मा काम पनि गरेको होइन । म त राजनीतिकरूपमा संगठनमा लागेको थिएँ । मेरो विरोधीहरूले त जे पनि बोल्छन्, बोल्नेको मुख कसले रोक्ने हो र !​

अहिलेसम्म तपाईंले धेरै पार्टीहरू फेर्नुभएको आरोप पनि लाग्ने गरेको छ । त्यसमा के भन्नु हुन्छ ?

मैले जनताको सेवा गर्ने हो । जनताका लागि नै मैले राजनीति गरेको हो । परिवर्तनका लागि मैले राजनीति गरेको हो । जनताका लागि मैले बलिदान गरेको हो ।

मैले जनताको सेवाकै लागि, विकासको बजेटकै लागि, सामाजिक न्यायका लागि लड्ने न हो । जुन पार्टीमा गए पनि वा जुन पार्टी फेरे पनि जनताप्रतिको मेरो उत्तरदायित्व यथावत नै छ ।

तपाईंको जित्ने मुख्य आधारहरू के के छन्?

मेरो मुख्य आधार नै जनता हो । भोलि त त्यो परिणाम आउँछ नै ।

जातिगत आधारमा पनि यो यादवबहुल क्षेत्र मानिन्छ । यसमा तपाईंको विश्लेषण के हो ?

त्यस्तो होइन । यहाँ जातिवादको नाराले केही हुनेवाला छैन । म सबै जातजातिभित्रको उत्पीडित वर्ग, समुदायको नेता हो ।

मैले जातको राजनीति कहिल्यै गरेकै छैन र गर्दिनँ पनि । जसले जातपातको राजनीति गर्छ उसलाई जनताले पत्याउँदैनन् ।

यादवको मत पनि पाउनुहुन्छ ?

मेरो त साथमा धेरैजसो यादव जातिका मान्छे नै छन् । मेरै कम्पाउन्डमा हेर्नुस् न, धेरैजसो यादव जातिका नै मान्छे छन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्नुभएको छ भन्ने आरोप पनि सुनियो नि!

त्यस्तो होइन । सबैभन्दा पहिले निर्वाचन आचारसंहिता लागू गर्ने मान्छे नै म हो । जिल्ला प्रहरी कार्यालयको एसपीसँग सोध्नुस् ।

हामीले निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराउने बेलामा पनि ४/५ जना मानिस लिएर मात्र गएका थियौं । साँझमा मात्र मानिसले गाउँमा परिक्रमा गरेका थिए ।

पैसाको खोला बगाउनुभएको छ, खसीबोका ढालेर भोजभतेर गरिरहनुभएको छ भन्ने आरोप प्रतिस्पर्धीहरूले लगाउँदारहेछन् त !

छैन, छैन । हामीसँग पैसा नै छैन त्यस्तो गर्नका लागि ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
बैशाख ५, २०८०

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत विगत एक महिनादेखि बारा- २ मा सक्रिय छन् । जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई जिताउन उनको सक्रियता आफैं उम्मेदवार हुँदाको भन्दा कम छैन । यसअघि मंसि...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

बैशाख १०, २०८०

मुलुकको पत्रकारिता क्षेत्रलाई मर्यादित तुल्याउन अभिभावकीय भूमिका निर्वाह गर्दै आएको प्रेस काउन्सिल नेपालले ५३ वर्ष पूरा गरेको छ ।  स्वस्थ पत्रकारिताको विकास एवं सञ्चार माध्यम र पत्रकारलाई राष्ट्र, समाज र नाग...

चैत २४, २०७९

आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका कारण चितवन क्षेत्र नम्बर २ को राजनीतिक माहोल तातेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उक्त क्षेत्रका निवर्तमान सांसद रवि लामिछानेको नागरिकता अवैध ठहर...

बैशाख १८, २०८०

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लामो समयदेखि सांसद र विभिन्न मन्त्रालयको जिम्मेवारी पूरा गर्दै आएका एक कुशल राजनीतिज्ञका रुपमा परिचित छन् । विसं २०३२ मा नेपाल विद्यार्थी संघबाट राजनीति...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

ad
x