×

NMB BANK
NIC ASIA

दिल्लीका मुख्यमन्त्री केजरीवाल शराब घोटाला मुद्दामा पक्राउ पर्नसक्ने चर्चा

बैशाख ५, २०८०

NTC
फाइल फोटो
Premier Steels

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल शराब घोटाला मुद्दामा पक्राउ पर्नसक्ने चर्चा शुरू भएको छ ।

Muktinath Bank

शराब घोटाला मुद्दामा यसअघि दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया पक्राउ परिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीबीआईले घोटालाका विषयमा मुख्यमन्त्री केजरीवालसँग आइतवार ९ घण्टा बयान लिएको छ । केजरीवाललाई ५६ प्रश्न गरिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

शराब घोटालामा मुछिएका व्यापारीसँग मुख्यमन्त्री केजरीवालले भिडियो कल गरेको पाइएपछि उनी पनि अनुसन्धानको घेरामा परेका हुन् । यससँगै उनी पक्राउ पर्नसक्ने चर्चा पनि भारतीय सञ्चारमाध्यममा शुरू भएको छ ।

Vianet communication

सीबीआईलाई बयान दिएपछि केजरीवालले भनेका छन्, ‘मलाई ५६ पूश्न सोधियो । मैले सबै प्रश्नको जवाफ दिएँ । जसरी पहिला पनि भनिसकेको छु, हामीसँग लुकाउनुपर्ने केही छैन । यो पूरै शराब घोटाला फर्जी र घटिया राजनीतिबाट प्रेरित छ । हामी मर्नेछौं तर इमान्दारितासँग सम्झौता गर्ने छैनौं ।’

उनी सीबीआईको बयानमा रहेकै बेला आम आदमी पार्टी (आप) ले पक्राउ पर्नसक्ने शंका गरेको थियो । त्यसैले रातिसम्म पार्टी कार्यालयमा आकस्मिक बैठक बसेको थियो तर बयानपछि उनलाई छाडियो । भारतीय कानूनअनुसार बहालवाला मुख्यमन्त्रीलाई पक्राउ गर्न सजिलो भने छैन ।

कानूनअनुसार प्रधानमन्त्री, केन्द्रीय मन्त्री, लोकसभा र राज्यसभा सदस्य, मुख्यमन्त्री, विधानसभा र विधान परिषद् सदस्यलाई गिरफ्तारीबाट छुट मिलेको छ तर सिभिल मुद्दामा मात्रै । आपराधिक मुद्दामा सबैलाई पक्राउ गर्न सकिने प्रावधान छ ।

यस्ता व्यक्ति सभाका सदस्य समेत हुने भएकाले पक्राउ गर्नुअघि अध्यक्ष र सभापतिबाट अनुमति लिनुपर्ने वा जानकारी दिनुपर्ने प्रावधान समेत छ ।

दिल्लीमा सरकार नियन्त्रित शराब कारोबारको नीति बनाउँदा घोटाला भएको आरोप लगाउँदै सीबीआईले अनुसन्धान गरिरहेको छ । घोटालामा मुख्यमन्त्री केजरीवाल पनि छानबिनको दायरामा आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x