०२ साउन २०८३, शनिबार

टिपरको ठक्करबाट एक जनाको मृत्यु

साउन १, २०८३
मोरङ
टिपरको ठक्करबाट एक जनाको मृत्यु

मोरङको केराबारी गाउँपालिका ५ शान्ति चोकस्थित राजमार्गमा टिपरको ठक्करबाट वृद्धाको मृत्यु भएको छ ।

केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले बाटो काट्दै गरेकी स्थानीय अन्दाजी ७० वर्षीया विष्णुमाया मगरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी मगरलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न टिपर र चालक सङ्खुवासभाको चैनपुर नगरपालिका –११ घर भई हाल जिल्ला सुनसरी धरान उपमहानगरपालिका १३ बस्ने २३ वर्षीय विक्रम माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्