१२ साउन २०८३, मंगलबार

ताप्लेजुङका विद्यालयमा पाठ्यपुस्तक पुग्यो

ताप्लेजुङका विद्यालयमा पाठ्यपुस्तक पुग्यो

हिमाली जिल्ला ताप्लेजुङका आधा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अघिदेखि पाठ्यपुस्तक जान थालेसँगै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको हो । 

यस वर्ष समयमा नै सामुदायिक विद्यालयमा पुस्तक पुगेपछि शिक्षक, विद्यार्थी साथै अभिभावक हर्षित भएका छन् । कुनै बेला प्रथम त्रैमासिक परीक्षाको समयमा पाठ्यपुस्तक नपुगेर समस्या खेप्नुपर्ने अवस्था हुने गरेकोमा यो वर्ष समयमै पुस्तक विद्यालय–विद्यालय पुगेपछि विद्यार्थी, शिक्षक र अभिभावक खुसी भएको फक्ताङलुङ गाउँपालिका–६ महेन्द्र निम्न माध्यमिक विद्यालयका शिक्षक विवश केदेमले बताए । 

salt training

कमेन्ट गर्नुहोस्