३१ असार २०८३, बुधबार

संशोधन प्रस्ताव टेबल भएपछि कुन नेताले के भने ?

कात्तिक २०, २०७४
संशोधन प्रस्ताव टेबल भएपछि कुन नेताले के भने ?
काठमाडौँ, २४ पुस - व्यवस्थापिका–संसद्मा संविधान संशोधन प्रस्ताव टेबल भएपछि सरकार र प्रमुख प्रतिपक्षी दलका नेताले समर्थन र विरोधमा आ–आफ्नो धारणा राखे ।samsad2

प्रतिपक्षी दलको विरोध र होहल्लाका बीच संसद्मा संविधान संशोधन विधेयक प्रस्तुत गरेपछि एमालेले सरकारले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाएको छ भने सत्तारुढ दलले भने असहमतिबीच सहमति खोजेर संसद् चलाइएको बताएका छन् ।

संसद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपाध्यक्ष वामदेव गौतमले आफूहरुको असहमति रहँदारहँदै सरकारले संविधान संशोधन प्रस्ताव टेबल गरेको बताए ।

उनले भने “संविधान संशोधन प्रस्ताव आज पनि हामीले टेबल गर्न दिएनौँ । हाम्रो सहमतिमा टेबल भएको हैन । संसारका कुनै पनि देशमा सम्पूर्ण प्रतिपक्षी दल एकठाउँमा भएको बेलामा कुनै पनि प्रस्ताव टेबुल हुँदैन ।”

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले मुलुकलाई सधैँ बन्दक बनाएर नहुने भएकाले सबै दलको सहमतिमा नै प्रस्ताव दर्ता गरिएको बताए ।

संशोधन प्रस्ताव पारित गर्नका लागि नै सरकारले टेबुल गरेको हो भन्ने स्पष्ट पार्दै उनले छलफल गर्दै परिमार्जनसहित पारित गरिने विश्वास व्यक्त गरे ।

नेकपा (माओवादी केन्द्र)का नेता अग्नी सापकोटाले प्रतिपक्षी दलको विरोधभित्र सहमति खोजिएको बताए । बताए संसद्को एउटा प्रक्रिया सुरु भएकाले त्यसले निकास पाउनेमा आफू विश्वस्त रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्