
काठमाडौं, १६ भदौ– फ्री भिसा फ्री टिकटको विवरण गोलमाल गर्ने ३० वटा म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले कारबाही गरेको छ ।
फ्री भिसा फ्री टिकट कार्यान्वयनका सन्दर्भमा विभागले म्यानपावर कम्पनीहरुलाई विवरण पेश गर्न निर्देशन दिएको थियो । तर विभागको निर्देशन अनुसार प्रतिवेदन पेस नगरेर फ्री भिसा फ्री टिकटको प्रतिवेदनमा ३० वटा म्यानपावर कम्पनीले गोलमाल गरेको भेटिएको हो ।
वैदेशिक रोजगार विभागले फ्री भिसा फ्री टिकटको विवरण गोलामाल गर्ने ३० म्यानपावर कम्पनीलाई कारबाही गरेको जनाएको छ ।
वैदेशिक रोजगार विभागमा प्रवक्ता मोहन अधिकारीले सम्पूर्ण म्यानपावर कम्पनीहरुलाई विवरण पेश गर्न निर्देशन दिइएको भएपनि ३० म्यानपावर कम्पनीले अटेरी गरेको बताए ।
अटेर गर्ने ३० म्यानपावर कम्पनीलाई कारबाही गरिएको उनले जानकारी दिए । ‘विवरण नपठाउने ३० कम्पनीलाई विभागले स्पष्टिकरण मागेको थियो,’ विभागका प्रवक्ता अधिकारीले भने, ‘विभागलाई स्पष्टिकरण बुझाएका १४ कम्पनीलाई जनही ५० हजार जरिवाना गरिएको छ ।’
बाँकी १६ कम्पनीले विभागलाई स्पष्टिकरण समेत बुझाएनन् । विभागले स्पष्टिकरण नबुझाउने १६ कम्पनीलाई जनही एक लाख जरिवाना गरेको छ । ‘एक लाख भएका कम्पनीहरुलाई पनि विवरण पेश गर्न फेरि निर्देशन दिएका छौं, कतिपयले विवरण बुझाइरहेका छन्,’ अधिकारीले भने, ‘फ्री भिसा फ्री टिकट कार्यान्वयनमा समस्या देखिएको गुनासो आएपछि विभागले विवरण मागेको हो ।’

फ्री भिसा फ्री टिकटमा विदेश पठाउँदा १० हजार रुपैयाँ भन्दा धेरै रकम कामदारसँग लिन पाइँदैन । सुशील कोइराला नेतृत्वको तत्कालिन सरकारले २६ जेठ ०७२ को मन्त्रीस्तरीय निर्णयबाट मलेसिया, कतार, साउदी अरब, युएई, बहराइन, ओमन र कुवेत जाने कामदारले भिसा र टिकटको रकम तिर्नुनपर्ने निर्णय गरिएको थियो ।
तर म्यानपावर व्यवसायिहरुले खुलेआम सरकारले तोकेको भन्दा धेरै रकम लिएर विदेश पठाउने गरेका छन् ।
म्यानपावर कम्पनीहरुले कम्तीमा पनि ५० हजार रुपैयाँ नलिइ कामदारलाई विदेश पठाउँदैनन् । तर म्यानपावर कम्पनीको नियमन गर्ने वैदेशिक रोजगार विभागले कम्पनीहरुलाई नियमन गर्न सकिरहेको छ ।
फ्री भिसा फ्री टिकटको सन्दर्भमा लामो समयदेखि गुनासो आइरहेको छ । तर विभागले अहिले आएर बल्ल ३० कम्पनीलाई कारबाही गरेको हो । आर्थिक वर्ष २०७३/०७४ को विवरण विभागले मागेको थियो । विभागले मागेको विरण नमागेपछि कम्पनीहरुलाई कारबाही गरिएको हो ।
हाल नेपालमा चलेका तथा बन्द भएको अवस्थामा झण्डै एक हजार म्यानपावर कम्पनी छन् ।
विभागको कारबाहीमा परेका कम्पनीहरू
सिद्धार्थ गौतम ओभरसिजयूनाइटेड प्लेसमेन्ट एण्ड इम्प्लोइमेन्टक्यापिटल रिक्वीटमेन्टमुनलाइट इन्टरनेसनलसन रे ग्लोबलस्काई इन्टरप्राइजेजइनोभेटिभ सर्भिसेसफिरडोस इन्टरनेसनलएस आर एस ओभरसिज सर्भिसेसरेड रोज इन्टरनेसनलहमिद इन्टरनेसनलसार्प ह्युमन रिसोर्सेसनेपाल रिक्वीटिङकौशिक जनशक्तिमुस्ताङ ओभरसिजसिनमल गुर्खाराइजिङ स्टार ओभरसिजबेबि एन्जलपिस नेपाल ओभरसिजजब सिकर म्यानपावरसारथी ओभरसिजएसोसियट्स वेलकमरिजा ओभरसिजएपोलो ओभरसिजएबिसी ओभरसिजस्तुपा ओभरसिजमेरिडेज ओभरसिजओमश्री महाशक्ति ओभरसिजढुवानी इन्टरनेसनलएनएसओ कन्सल्ट