०४ असार २०८३, बिहीबार

साझाद्वारा कर्मचारी कटौती

कात्तिक २०, २०७४
साझाद्वारा कर्मचारी कटौती


काठमाडौँ, २४ पुस - साझा प्रकाशनले संस्थालाई आर्थिक व्ययभार कम गर्नका लागि ६९ जना कर्मचारी कटौती गरेको छ ।

संस्था आर्थिक सङ्कटमा रहेकाले व्ययभार कम गर्नका लागि आज विभिन्न तहका ६९ कर्मचारीलाई स्वच्छिक अवकाश दिइएको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए ।

यसअघि गत साउनमा महिनामा २२ जना अधिकृतस्तरका कर्मचारीलाई स्वच्छिक अवकास दिइएको थियो । उनले उपदानसहित तीन महिनाको तलब दिने गरी कर्मचारीलाई स्वेच्छिक अवकाश दिइएको बताए ।

उनले स्वच्छिक अवकाश लिन कर्मचारीलाई तीन किस्तामा २०७४ पुस १३ गतेभित्र सम्पूर्ण रकम दिइने बताए । महाप्रबन्धकमा शर्मा साझामा नियुक्त भएपछि संस्था सुधार्न व्यवस्थापनले दिएको कार्ययोजना अनुसार कर्मचारी कटौती गर्दै आएका छन्

उनका अनुसार अहिलेसम्म १७२ जना कर्मचारीलाई स्वच्छिक अवकाश दिई कर्मचारी कटौती गरिएको छ । कर्मचारी कटौती गरेपछि अब साझामा ८३ जनामात्र कर्मचारी रहेका छन् ।

साझाको स्तर उन्नति गर्नका लागि मङ्सिर २६ गतेको मन्त्रिपरिषद्को निर्णयले रु ३० करोड दिने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्