२३ असार २०८३, मंगलबार

चीनलाई उछिनेर भारत बन्यो संसारको सबभन्दा बढी जनसंख्या भएको मुलुक

बैशाख ६, २०८०
चीनलाई उछिनेर भारत बन्यो संसारको सबभन्दा बढी जनसंख्या भएको मुलुक
Prashanth Vishwanathan/Bloomberg

संयुक्त राष्ट्रसंघले बुधवार सार्वजनिक गरेको तथ्यांकअनुसार, चीनलाई उछिन्दै भारत संसारको सबभन्दा धेरै जनसंख्या भएको मुलुक बनेको छ । 

भारतको जनसंख्या १ अर्ब ४२ करोड ८० लाख पुगेको छ भने चीनको जनसंख्या १ अर्ब ४२ करोड ५० लाख छ । 

राष्ट्रसंघको विश्व जनसंख्या ड्याशबोर्डमा यो संख्या उल्लेख गरिएको छ । 

बढ्दो जनसंख्याले भारत सरकारलाई थप रोजगारी सिर्जनाको चुनौती दिलाएको छ । 

भारतको विशाल जनसंख्यामध्ये आधा जति ३० वर्षभन्दा कम उमेरको छ । भारत आगामी वर्षहरूमा संसारको सबभन्दा द्रुत गतिमा विकास हुने प्रमुख अर्थतन्त्र बन्न लागेको छ । 

एसियाको तेस्रो ठूलो अर्थतन्त्र भारतमा अहिले विश्वको लगभग २० प्रतिशत जनसंख्या छ । 

भारतको जनसंख्या थप बढ्ने अनि चीनको चाहिँ घट्ने प्रक्षेपण गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्