२८ असार २०८३, आइतबार

राष्ट्रपति पौडेलको एम्स अस्पतालमा आईसीयूमा राखेर उपचार हुँदै

राष्ट्रपति पौडेलको एम्स अस्पतालमा आईसीयूमा राखेर उपचार हुँदै
फाइल फोटो

पेटमा समस्या आएका राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार शुरू भएको छ । 

फोक्सोको तल्लो भागमा जमेको पानी औषधिले पनि निको नभएपछि थप उपचारका लागि पौडेललाई बुधवार बिहान दिल्ली लगिएको हो । 

अस्पतालमा पेटसम्बन्धी सबै परीक्षण गरेर थप उपचारबारे निर्णय लिने जानकारी अस्पतालले गराएको पौडेलका निजी चिकित्सक निरज बमले बताए ।

नेपालमा गरिएका सबै परीक्षणलाई फेरि दोहोर्‍याएपछि थप उपचारबारे थाहा हुने अस्पतालले जनाएको छ । 

अहिले आईसीयूमा उपचाररत पौडेललाई थप परीक्षणपछि नर्मल बेडमा सारेर उपचार गरिने जानकारी बमले दिए । 

पौडेलको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न रहेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्