३१ जेठ २०८३, आइतबार

सर्वोच्चको दियो आदेश - पशुपति शमशेर र कमल थापा छलफलमा बस्नु पर्ने

कात्तिक २०, २०७४
सर्वोच्चको  दियो  आदेश -  पशुपति शमशेर र कमल थापा छलफलमा बस्नु पर्ने

काठमाडौं १६ भदौ – सर्वोच्च अदालतले दल दर्ता सम्बन्धी विवादमा छलफल गर्नका लागि राप्रपा अध्यक्ष कमल थापाको पक्ष र पशुपति शमशेरको राप्रपा प्रजातान्त्रिक पक्षलाई बोलाएको छ ।

न्यायाधीश केदार प्रसाद चालिसेको एकल इजलासले दुबै पक्षलाई भदौ २६ गतेका लागि छलफलमा बोलाएको हो । उक्त विवादमा आज सर्वोच्च अदालतमा सुनुवाई भएको थियो ।

शमशेरले निर्वाचन आयोगमा राप्रपा प्रजातान्त्रिक दर्ता गरेपछि राप्रपा अध्यक्ष कमल थापा सर्वोच्चमा रिट लिएर गएका थिए । शमशेरले राप्रपा फुटाएर दल दर्ता गरेका थिए ।

सर्वोच्च अदालतमा प्रवक्ता नारायण पन्थीले दुबै पक्षलाई २६ गते छलफलका लागि बोलाउने आदेश भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्