१२ साउन २०८३, मंगलबार

राष्ट्रपति पौडेलको दिल्लीमा उपचार हुँदै

राष्ट्रपति पौडेलको दिल्लीमा उपचार हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलको भारतको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार भइरहेको छ ।

राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि मंगलवार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो ।

नेपालको त्रिवि अस्पताल र भारतको एम्स अस्पतालका चिकित्सकबीच परामर्श हुँदा उनलाई थप अनुसन्धान एवं उपचारका लागि दिल्ली जान उपयुक्त हुने राय आएपछि राष्ट्रपति पौडेललाई बुधवार भारतको एम्स अस्पताल लगिएको थियो ।

उपचारमा हाल एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनित मिश्रको टोली संलग्न छ ।
 

salt training

कमेन्ट गर्नुहोस्