०६ असार २०८३, शनिबार

मिर्गौला डायलासिस सेवा ६ जिल्लामा विस्तार

मिर्गौला डायलासिस सेवा ६ जिल्लामा विस्तार

झापाको ओमसाई पाथीभरा हस्पिटलले मिर्गौलाको बिरामीलाई सर्वसुलभ डायलासिस सेवा उपलब्ध गराउन ६ जिल्लामा सेवा केन्द्र विस्तार गरेको छ ।

भद्रपुर–७ मा रहेको १०० शय्याको हस्पिटलले झापा, सुनसरी, सिराहा, रुपन्देही, महोत्तरी र काठमाडौंमा डायलासिस सेवा केन्द्र स्थापना गरेको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताए ।

सबै जिल्लामा गरी हस्पिटलले ९५ वटा अत्याधुनिक सुविधायुक्त डायलासिस मशिन जडान गरेको छ । झापाको भद्रपुर र सिराहाको लहानमा उपचार सेवा सञ्चालन गरिसकेको छ । अन्य स्थानमा सम्पूर्ण उपकरण जडान गरिसकेको जनाउँदै उनले निकट भविष्यमै सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । मिर्गौला खराब भएपछि चिकित्सकले नयाँ मिर्गौला प्रत्यारोपण नहुञ्जेलसम्म बिरामीलाई मशिनबाट रगत शुद्धीकरण गर्ने उपचार पद्धतिको रूपमा रहेको डायलासिस सेवा लिन सिफारिस गर्दै आएका छन् तर बिरामीको बढ्दो चाप र डायलासिस सेवा केन्द्रको अभावका कारण कैयौले अतिआवश्यक परेका बेला सेवा पाउन सकिरहेका छैनन् ।

‘डायलासिस गर्नै पर्ने अवस्थाका बिरामीले सेवा पाउन पालो कुर्नुपर्ने देखेपछि हामीले मिर्गौलाका बिरामीका लागि डायलासिस गर्न सहज सुविधा पुगोस् भनेर सेवा केन्द्रलाई विभिन्न जिल्लामा विस्तार गरेका हौं,’ हस्पिटलका अध्यक्ष पोखरेल भन्छन्, ‘विशुद्ध मानवीय सेवाको भावनाले उपचारमा लगानी गरेका छौं । यसमा नाफा र घाटाको कुनै मतलब राखेका छैनौं ।’

हस्पिटलले झापामा सबैभन्दा धेरै क्षमताको डायलासिस सेवा वर्षौंदेखि प्रदान गर्दै आएको छ । हस्पिटलका प्रमुख प्रशासक दीप पौडेलका अनुसार भद्रपुरमा १९ वटा डायलासिस मेसिन सञ्चालन गरेर मिर्गौलाका बिरामीलाई हस्पिटलले सेवा प्रदान गरिरहेको छ ।

झापाकै दमकमा १०, सुनसरीको इटहरीमा १४ र सिराहाको लहानमा १६ वटा डायलासिस मशिन जडान गरिएको छ । लहानको सेवा केन्द्रमा बिरामीको चाप धान्न मुस्किल परेको कारण मशिन थप्ने तयारी भइरहेको पौडेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्