०६ साउन २०८३, बुधबार

अन्नपूर्ण हिमालमा हराइरहेका भारतीय आरोही मालू भेटिए

अन्नपूर्ण हिमालमा हराइरहेका भारतीय आरोही मालू भेटिए

अन्नपूर्ण हिमालको गहिरो खोंचमा यसै साता खसेर हराइरहेका भारतीय पर्वतारोही अनुराग मालू फेला परेका छन् । 

उद्धारकर्ताहरूले उनलाई फेला पारेको उनका दाइ सुधीरले भारतीय समाचार संस्था पीटीआईलाई जानकारी दिए । 

उनको स्वास्थ्य अवस्था गम्भीर छ र अस्पताल लगिएको छ । 

३४ वर्षीय मालू राजस्थानको किशनगढका निवासी हुन् । उनी तेस्रो शिविरबाट झर्दै गर्दा सोमवार ६ हजार मिटरको उचाइबाट खसेर हराएका थिए । 

अन्नपूर्ण संसारको १०औं अग्लो हिमाल हो । 

मालूले ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढ्ने मिसन बनाएका छन् । 
 

कमेन्ट गर्नुहोस्