- आँखा रोग विशेषज्ञ, भगिरथ बानियाँआँखा हाम्रो संबेदनशिल अंग हो । आँखालाई सबै सुरक्षित राख्नुपर्छ । आँखाको सरसफाई र सुरक्षामा ध्यान दिइएन भने,आँखाको ज्योती नै गुम्न सक्छ ।
आँखाको सुरक्षामा ध्यान दिइएन भने लाग्न सक्ने रोगहरु मोतिविन्दु तथा जलविन्दु हुन्छ ।
१ आँखाको नानीमा घाउ हुन्छ ।
२ आँखा पाक्ने समस्या हुन्छ ।
३ आँखामा चोटपटकलाग्न सक्छ ।
यी समस्याहरुको समयमा उपचार गरिएन भने आँखाको दृष्टि समेत गुम्न सक्छ । त्यसैले आँखालाई स्वास्थ्य राख्न यी उपायहरु अपनाउनु पर्छ ।
४ आँखा हाम्रो संबेदनशिल अंग हो । त्यसैले आँखाको सुुरक्षामा विशेष ध्यान दिनुपर्छ ।
५ आँखाको नियमित जाँच गराउनु पर्छ ।
६ कुनैपनि कार्य गर्दा आँखामा धुलो, फोहोर वा किरा पर्न दिनु हुदैन । आँखालाई बचाएर काम गर्नुपर्छ ।
७ बालबालिकालाई धारिला र तिखो खेलौना तथा हातहतियार खेल्न, चलाउन दिनु हुदैन ।
८ आँखा चिलाएमा मिच्ने बानी हुनसक्छ । तर आँखा मिच्ने बानीले आँखामा फुलो पर्न सक्छ । त्यसैले आँखा मिच्ने गर्नुहुदैन ।
९ आँखामा संक्रमण देखिएमा घलेलु औषधी वा जडिबुटी आँखामा हाल्नु हुदैन । तुरुन्त आँखा केन्द्र वा आँखा अस्पतालमा उपचार गराउन जानुपर्छ ।