०१ असार २०८३, सोमबार

कर्णाली प्रदेशमा कांग्रेसका चार मन्त्रीले लिए शपथ, मन्त्रालय फुटाएर राज्यमन्त्रीको बढुवा

कर्णाली प्रदेशमा कांग्रेसका चार मन्त्रीले लिए शपथ, मन्त्रालय फुटाएर राज्यमन्त्रीको बढुवा

वादविवादकाबीच कर्णाली प्रदेश सरकारमा कांग्रेसका चार मन्त्रीले शपथ ग्रहण गरेका छन् ।

बिहीबार कांग्रेसका तर्फबाट वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बिसीले प्रदेश प्रमुख तिलक परियारबाट शपथ लिएका हुन् ।

जसमा सिंहले आर्थिक मामिला, पोखरेलले सामाजिक विकास र बिसीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।  

भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी उर्मिला उर्मिला विश्वकर्मा ऊर्जामन्त्री बनेकी छिन् । उनले पनि शपथ लिइन् । 

यस अघि भौतिक, पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालय रहेकोमा  फुटाएर उर्जा, जलस्रोत तथा सिंचाई  बनाइएको छ । मन्त्री बुधबार नियुक्त भएका थिए । ७ बाट मन्त्रालय फुटाएर ८ वटा पुर्याइएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्