२७ जेठ २०८३, बुधबार

उत्तर र दक्षिण कोरियाबीच ७० वर्षदेखिको विवाद के हो ? अमेरिकासँग किन रिसायो उत्तर

कात्तिक २०, २०७४
उत्तर र दक्षिण कोरियाबीच ७० वर्षदेखिको विवाद के हो ? अमेरिकासँग किन रिसायो उत्तर

काठमाडौं- कोरियाली प्रायद्वीपमा अहिले पनि तनाव कायमै छ । उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर अमेरिकाले लगातार चेतावनी दिइरहेको छ । तर, उत्तर कोरियामाथि यसको कुनै असर चाहीँ देखिएको छैन ।

उत्तरले मंगलबार मात्रै जापनमाथिबाट क्षेप्यास्त्र परीक्षण गरेको छ जसका कारण अमेरिका जापान लगायतका देशले उत्तरमाथि कारवाही गर्ने चेतावनी दिएको छ ।

दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरेसँगै उत्तर रिसाएको हो ।

आखिर उत्तर कोरिया दक्षिण कोरियाबीचको विवाद के हो ? उत्तर कोरिया हरेक कदममाथि दक्षिण कोरियाको नजर किन रहन्छ ? दुई देशबीच यस्तो कुटुतापूर्ण दुष्मनी किन भएको हो ?

दोस्रो विश्व युद्धपछि दक्षिण र उत्तर कोरिया छुट्टिएका हुन् । यो विभाजनपछि दुवै देशले आफ्नो–आफ्नो बाटो समाते । कोरियामा १९१० बाट जापान त्यतिबेलासम्म शासन रह्यो, जतिबेलासम्म १९४५ को दोस्रो विश्व युद्दमा जापानि हतियार विसाए ।

त्यसपछि सोवियत सेनाले कोरियाको उत्तरी भाग आफ्नो कब्जामा लियो र दक्षिण हिस्सालाई अमेरिकाले । त्यसपछि उत्तर र दक्षिण कोरियाबीच साम्यवाद र लोकतन्त्रलाई लिएर संघर्ष शुरु भयो ।

आजभोलि दक्षिण कोरिया निकै सम्पन्न राष्ट्र बनेको छ, जवकि उत्तर कोरिया किम राजवंशको शासनमा लगातार दुनियाँबाट अलग भएर बस्यो । २० औं शताब्दीको यो विभाजन आज पनि विश्वमा ठूलो विवादका रुपमा कायम छ ।

जापानको शासनबाट मुक्तिपछि १९४७ मा अमेरिकाले संयुक्त राष्ट्र मार्फत कोरियालाई एकल राष्ट्र बनाउने पहल गर्यो । त्यसपछि राष्ट्र संघको आयोगको निगरानीमा चुनाव गराउने फैसला भयो । मई १९८४ मा केरियाली प्रायदीपको दक्षिण भागमा चुनाव भयो । यो चुनावपछि १५ अगस्तमा रिपब्लिक अफ कोरिया अर्थात दक्षिण कोरिया बनाउने घोषणा भयो । 

योबीच सोभियत संघको नियन्त्रणमा रहेको उत्तरी भागमा सुप्रीम पीपल्स एसेम्बलीको चुनाव भयो । यो चुनावका साथै पीपल्स रिपब्लिक अफ कोरिया अर्थात डीपीआरकेको सेप्टेम्बर १९४८ मा घोषणा भयो ।

यसकाबीच दुई देशबीच सैन्य र राजनीतिक विरोधभास कायम रह्यो । यो संघर्ष पूँजीवादविरुद्ध साम्यावदको रुपमा पनि देखियो ।

यसको नतिजामा दुई देशकोबीच एक युद्ध शुरु भयो १९५० जुनमा मा । अमेरिकी सेनाका साथ १५ अन्य देश दक्षिण कोरियाका साथ देखिए भने उत्तर कोरियासाथ रुस र चीनको सेना अगाडि आए । १९५३ मा युद्द सकियो र दुवै स्वतन्त्र राष्ट्रका रुपमा उदाए ।


विभाजनका बेला दुवै तिर निकै गरीबी थियो । दक्षिण कोरियामा ठूलो मात्रामा अमेरिकाको सहयोग मिल्यो । जनरल पार्क चुङ–ही मार्फत एक सैन्य कू मार्फत दक्षिण कोरियाली सत्ता कब्जा भयो । पार्क यो कूमा सफल भए । तर, १९७९ मा उनको हत्या भयो ।

उत्तर कोरियाइ नेता किम इल–सुंगले तानाशाही बाटो समाते । अर्को तर्फ दक्षिण कोरियाले अमेरिकी सहयोगमा उद्योग बढाउने कुरामा ध्यान दियो । दक्षिण कोरिया यो युद्दबाट उठेर एक सम्पन्न राष्ट्रका रुपमा उदायो । यहाँसम्म कि उसले १९८८ मा ओलम्पिक खेलको समेत आयोजना गर्यो । 

उता उत्तर कोरियामा किम राजवंशको शासनमा लगातार चल्यो । गरीबी बढ्यो । उत्तर र दक्षिण कोरियाको विभाजनको रेखा अझै पुरिएको छैन ।


विभाजनपछि तनाव किन?

१९६८ मा उत्तर कोरियाले दक्षिण कोरियाको राष्ट्रपतिको हत्या गर्ने कोशिष गर्यो । १९८३ मा म्यानमारमा एक विस्फोटको विषय अगाडि आयो । यो विस्फोटमा उत्तर कोरियाको नाम आयो । उत्तर कोरियामाथि दक्षिणको विमानमाथि बम बर्साएको आरोप लाग्यो । दुई देशबीचको संघर्षसकिएको घोषण भएपनि तनाव पछिल्ला दिनमा बढ्दै गाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्