०८ असार २०८३, सोमबार

भारतीय नागरिकको नेपाली सेनाद्वारा उद्धार

भारतीय नागरिकको नेपाली सेनाद्वारा उद्धार
प्रतिकात्मक तस्वीर

नेपाली सेनाले अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा केही दिनदेखि हराइरहेका भारतीय नागरिक अनुराग मल्लुको उद्धार गरी पोखरा हुँदै काठमाडौं ल्याएको छ ।

अन्नपूर्ण हिमाल आरोहणका क्रममा मल्लु वैशाख ४ गते दिउँसो २ः३० बजे क्याम्प–२ र ३ को बीचमा हिउँको खोचमा परी हराइरहेका थिए ।

अन्नपूर्ण हिमालको सफाइ अभियानमा जुटेको नेपाली सेनाको टोलीको सहयोगमा फेला पारी उनको बिहीवार बिहान उद्धार गरिएको हो । स्वास्थ्य गम्भीर अवस्थामा रहेका मल्लुलाई आधार शिविरमा ल्याएर सेनाको चिकित्सक टोलीले प्राथमिक उपचार गरेको र त्यसपछि पोखरास्थित मणिपाल अस्पताल हुँदै थप उपचारका लागि सेनाकै हेलिकोप्टरबाट काठमाडौं ल्याइएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

जाजरकोट र रुकुमबीच भएर बग्ने ठूलीभेरी नदीमा जडान गरिएको बेलीब्रिज भत्किँदा ४ श्रमिक गम्भीर घाइते भएकामा सेनाको टोलीले उद्धार गरेको छ । उनीहरूलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत बाँकेको नेपालगञ्ज लगिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्