०५ असार २०८३, शुक्रबार

चार करोड ६९ लाख मूल्यको सुनका गहनासहित दुई जना समातिए

चार करोड ६९ लाख मूल्यको सुनका गहनासहित दुई जना समातिए

बाँकेको नेपालगञ्जस्थित न्युरोडबाट करिब पाँच किलो अवैध सुनका गरगहनासहित पक्राउ परेका दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।  

जिल्ला प्रहरी कार्यालय, बाँकेले पत्रकार सम्मेलनमार्फत चार दशमलव ९२७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरुलाई सार्वजनिक गरेका हो।  पक्राउ हुनेमा विराटनगर महानगरपालिका–९ का ४२ वर्षीय रमेश सोनी र सोही ठाउँका ३६ वर्षीय प्रकाश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा बुधबार राति गहनासहित सोनी र ठाकुरलाई पक्राउ गरिएको थियो । सुन कहाँबाट आएको भन्ने विषय अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको सुनको मूल्य करिब रु चार करोड ६९ लाख पाँच हजार सात सय ६३ रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्