०६ असार २०८३, शनिबार

एक वर्षमा साढे सात लाखभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीमा

एक वर्षमा साढे सात लाखभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीमा

पछिल्लो एक वर्षमा साढे सात लाखभन्दा बढी नेपाली युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार २०७९ साल (वैशाखदेखि चैतसम्म)मा सात लाख ६८ हजार ६३५ जनाले श्रम स्वीकृति लिएका हुुन् । यो सङ्ख्या विश्लेषण गरेर हेर्दा प्रत्येक महिना ६५ हजार र हरेक दिन दुई हजार १६६ जनाले श्रम स्वीकृति लिएर कामको खोजीमा विदेशिएको पाइएको छ ।

गत वर्ष वा २०७८ सालमा (वैशाखदेखि चैतसम्म)मा छ लाख ५१३ जनाले श्रम स्वीकृति लिएकोमा २०७९ सालमा सात लाख ६८ हजार ६३५ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्