०२ असार २०८३, मंगलबार

टोखामा विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम

टोखामा विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम
प्रतिकात्मक तस्वीर

टोखा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका ८० विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गर्ने भएको छ ।

टोखा नगरपालिकाले स्काई भिजन फाउन्डेसन प्रालिको सहकार्यमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई निःशुल्क कम्प्युटर तालिम प्रदान गर्न लागेको हो ।

टोखा नगरपालिका शिक्षा शाखाका अधिकृत खगेन्द्रसिंह धामीले टोखाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने र समयानुकूल सीपमूलक कम्प्युटर ज्ञान प्रदान गर्ने उद्देश्यले ३ महिने कम्प्युटर तालिम प्रदान गर्न लागिएको जानकारी दिए ।

तालिममा टोखाभित्रका सामुदायिक विद्यालयबाट एसईई दिएर बसेका जेहन्दार, आर्थिकरूपमा विपन्न, महिला तथा दलित र जनजाति विद्यार्थी सहभागी हुने बताइएको छ । टोखाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि वार्षिक रूपमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएको छ ।

काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित नगरपालिकाका ११ वडाका १० सामुदायिक विद्यालयमा ६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

salt training

कमेन्ट गर्नुहोस्