१७ असार २०८३, बुधबार
एसीसी प्रिमियर कप

नेपाललाई तेस्रो झट्का, कप्तान रोहित पौडेल २३ रन बनाएर आउट

नेपाललाई तेस्रो झट्का, कप्तान रोहित पौडेल २३ रन बनाएर आउट
फाइल फोटो

एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

कप्तान रोहित पौडेल २३ रन बनाएर आउट भएका छन् । यसक्रममा  ३४ बल खेलेका रोहितले २ चौका प्रहार गरे ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले रनको खाता नखोल्दै दुवै ओपनरलाई गुमाएको थियो ।

कुशल भुर्तेल ८ बल खेलेर खाता नखोली आउट हुँदा १० बल खेलेका आसिफ शेखले पनि रन जोड्न सकेनन् ।

यो समाचार तयार पार्दा १८ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५९ रन जोडेको छ ।

भीम सार्की ३१ र आरिफ शेख ५ रन बनाएर खेलिरहेका छन् ।

खेललाई आईसीसीले एक दिवसीय मान्यता समेत दिएको छ ।

यसअघि भएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो । ओमान पनि आफ्नो पहिलो खेलमा विजयी भएको थियो ।

प्रतियोगितामा सहभागी १० टीमलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको विजेताले भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्