२३ असार २०८३, मंगलबार

स्वर्णिमका बुवाको गाडीमा तोडफोड

स्वर्णिमका बुवाको गाडीमा तोडफोड

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ क्षेत्र नं १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुवाको गाडीमा तोडफोड भएको छ ।

स्वर्णिमका बुवा जीवन वाग्ले चढ्ने गाडीमा बिहीवार राति अज्ञात समूहले तोडफोड गरेको हो ।

तनहुँ सदरमुकाम दमौली बजारस्थित सन्तोष होटलअगाडि पार्किङमा राखिएको बा ११ च ४२५० नम्बरको गाडीमा ढुंगा हानिएको छ ।

अज्ञात समूहको आक्रमणबाट कारको पछाडिको बायाँ तर्फको ढोकाको शिशा फुटेको छ ।

घटना सम्बन्धमा प्रहरीले छानबिन गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्