२३ असार २०८३, मंगलबार
एसीसी प्रिमियर कप

ओमानविरुद्ध कुशल मल्लको आक्रामक अर्धशतक

ओमानविरुद्ध कुशल मल्लको आक्रामक अर्धशतक

बलियो टोली ओमानविरुद्ध नेपाली ब्याटरहरूले  संघर्ष गरिरहेका बेला युवा ब्याटर कुशल मल्लले आक्रामक अर्धशतक प्रहार गरेका छन् ।

नेपाली पारीलाई संकटबाट माथि उतार्ने प्रयासस्वरूप मल्लले ३० बलमा ५० रनको आँकडा पार गरेका हुन् ।​ 

यसक्रममा उनले ४ छक्का र ६ चौका प्रहार गरे ।

यसअघि भीम सार्की ३३ रन बनाएर आउट भएका थिए । ५६ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे ।

कप्तान रोहित पौडेल २३ रन बनाएर आउट भए । त्यसक्रममा  ३४ बल खेलेका रोहितले २ चौका प्रहार गरे ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले रनको खाता नखोल्दै दुवै ओपनरलाई गुमाएको थियो ।

कुशल भुर्तेल ८ बल खेलेर खाता नखोली आउट हुँदा १० बल खेलेका आसिफ शेखले पनि रन जोड्न सकेनन् ।

यो समाचार तयार पार्दा ३० ओभरको समाप्तिमा ४ विकेट गुमाएर १४२ रन जोडेको छ ।

खेललाई आईसीसीले एक दिवसीय मान्यता समेत दिएको छ ।

यसअघि भएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो । ओमान पनि आफ्नो पहिलो खेलमा विजयी भएको थियो ।

प्रतियोगितामा सहभागी १० टीमलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको विजेताले भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्