०१ असार २०८३, सोमबार

बालेन साहको स्वेच्छाचारितालाई सर्वोच्चको झापड

बालेन साहको स्वेच्छाचारितालाई सर्वोच्चको झापड

सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास र राष्ट्रपति कार्यालयको फोहर नउठाउने काठमाडौं महानगरका मेयर बालेन साहको स्वेच्छाचारितालाई सर्वोच्च अदालतले रोक लगाइदिएको छ । सर्वोच्चले तीन दिनभित्र सिंहदरवारको फोहर उठाउन शुक्रवार काठमाडौं महानगरका नाममा आदेश जारी गरेको छ । 

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने गरी फोहर नउठाउने काठमाडौं महानगरको निर्णयलाई उचित मान्न नसकिने ठहर गरेको हो । सिंहदरबारको फोहर नउठाउने काठमाडौं महानगरको निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए । 

सुकुम्बासी वस्ती उठाउने प्रयासमा सरकारले सहयोग नगरेको भन्दै काठमाडौंका मेयर साहले सिंहदरबारको फोहर नउठाउ निर्देशन दिएका थिए । सिंहदरबारको फोहर उठाउने जिम्मा पाएको कम्पनीलाई फोहर उठाएमा इजाजतपत्र खारेजको चेतावनी बालेनले दिएका थिए । 

मेयरको निर्देशनपछि केही दिनयता सिंहदरबारको फोहर उठेको थिएन । सर्वोच्चले काठमाडौंको फोहर विसर्जन गर्ने नुवाकोटको सिसडोल ल्याण्ड फिल्ड साइटका सरोकार सम्वोधन गर्न सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको छ । 

salt training

कमेन्ट गर्नुहोस्