काठमाडौं, १६ भदौ— अन्ततः नेपाल आइडलले भोटिङ सार्वजनिक गरेको छ । सामाजिक सञ्जालहरुमा नेपाल आइडलले प्रतिष्पर्धीले पाएको भोट सार्वजनिक गर्नुपर्ने आवाज उठिरहेको बेला शुक्रबारको एपिसोडमा कूल भोटिङ सार्वजनिक गरिएको हो ।

आयोजकका अनुसार बिहिबारदेखि आज मध्यान्हसम्ममा देश तथा विदेशबाट ४ प्रतिस्पर्धीलाई जम्मा ३७ लाख २० हजार २ सय ८० भोट प्राप्त भएको जानकारी दिइयो ।
तर कुन प्रतिस्पर्धीले कति भोट पाए भने सार्वजनिक गरिएन ।
यसैबीच आइडलको शुक्रबारको सोबाट कोहि पनि प्रतिस्पर्धी बाहिरिएनन्।
आइडलका जजहरु न्ह्यु बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटाले आजको सोबाट कुनै पनि प्रतिस्पर्धी नबाहिरिने र अर्को सातामात्रै टप थ्रीको छिनोफानो हुने बताए ।
आइडलको टप ४ मा निशान भट्टराई, सागर आले, प्रताप दास र बुद्ध रहेका छन् ।