भदौ २४, २०८०
कोट नेपालीहरूको अनिवार्य पोसाकजस्तै बनिसकेको छ । विवाह-ब्रतबन्ध, भोजभतेर होस् वा बर्थडे पाटी जताततै कोट लगाउने चलन बढ्दो छ । पाटी भन्नेबितिक्कै पार्टीको कुरा पनि आइहाल्छ । अहिले पार्टी प्रवेश र परित्याग गर्द...
सजिलो छिटो र स्वस्थकर परिकारमा स्यान्डविच पनि पर्दछ । युरोप–अमेरिकामा यसको ठूलो खपत हुन्छ ।
स्यान्डविचका हजारौं भेराइटी हुन्छन् । भेज, ननभेज, भेगान गरी स्यान्डविचलाई वर्गीकरण गरिएको छ । फास्टफूडको रूपमा लोकप्रिय स्यान्डविचहरू धेरैले रुचाउने र बेफुर्सदीका लागि अत्यन्त राम्रो विकल्प पनि सावित भएको छ ।
स्यान्डविचको प्रचलन नेपालमा पनि व्यापक छ । हरेकजसो रेस्टुरेन्टको मेनुमा यो परिकार समावेश हुन्छ । झन् कफी शपहरूमा त यो परिकार अनिवार्य नै मानिन्छ तर सबैजसो रेस्टुरेन्ट तथा कफी शपहरूमा एकै खालका स्यान्डविचहरू मेनुमा समावेश गरेको पाइन्छ । सबै खालका स्यान्डविच स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छन् भन्ने हुन्न ।
स्वास्थ्यप्रति सजग रहेर स्यान्डविचका परिकार समावेश गर्नेहरू कमै भेटिन्छन् । मल्टीग्रेन्ड, ब्राउन ब्रेड र फोकसिया ब्रेडमा तयार गरिएका स्यान्डविचहरू स्वस्थकर मानिन्छ । स्यान्डविचमा धेरै बाटर, मायोनिज, चिज प्रयोग गर्नु स्वास्थ्यका हिसाबले राम्रो हुन्न ।
बिहानको खाजा, दिउँसोको खाजा या बेलुकाको डिनरमा स्वस्थकर स्यान्डविचहरू उपयुक्त मानिन्छ । लाइट स्न्याक्सको रूपमा आफ्ना बालबालिकालाई पनि आफैंले तयार गरेर स्यान्डविच दिन सकिन्छ ।
स्यान्डविचहरू चिसो र तातो दुवै भर्सनमा सर्भ गर्न सकिन्छ । कतिपय स्यान्डविचहरू वार्म पनि सर्भ गर्न गरिन्छ । स्यान्डविचसँग फ्रेन्च फ्राइज या चिप्स दिने चलन छ, यो त्यति राम्रो हुन्न । बरु कुनै अचार, सलाद या प्राकृतिक रूपमा आफैंले बनाएको स्याउको, टोम्याटोको, क्यारोटको या बीटरुटको चिप्स दिँदा उत्तमा हुन्छ । गर्मी समयमा केही उपयोगी र स्वस्थकर भेज स्यान्डविचका रेसिपीहरू यहाँ समावेश गरिएको छ ।
केही स्वस्थकर स्यान्डविचका रेसिपीहरू –
आभोगाडो टोस्ट स्यान्डविच
यो स्यान्डविच बनाउन एउटा पाकेको घ्यूफल लिएर ताछ्ने र प्यास बनाउने । स्वादअनुसार नून, मरिचको धुलो, लेमन जुस, धनियाँ चप, हरियो खुर्सानी या हालानिनो चप गरेर मुछ्ने । ६ पिस पाउरोटीलाई टोस्ट गरेर एक साइड लगाउने ।
तयार भएको आभोगाडोको पेस्टलाई ब्रेडमा स्प्रेड गरी अर्को ब्रेडले छोपिदिने । रेक्टेङ्गल सेभमा काटेर साइड मिक्स माइक्रो ग्रिन्स सलाद र टोम्याटो चिप्स र बीट चिप्स गार्निस गरेर सर्भ गर्न सकिन्छ ।
बीट टोस्ट स्यान्डविच
यो स्यान्डविच बनाउन एस् पिस ब्रेड टोस्ट गरेर एक साइड लगाउने । एउटा ठूलो पिस चुकन्दरलाई ताछेर ग्रेट गर्ने र पानी निचर्ने । नून, मरिचको धुलो, थोरै हनी या चिनी, कागतीको रस २ चम्चा, थोरै जैतुनको तेल र मसिनो गरी काटेको शप हाली एक साइड लगाउने । ३ चम्चा भेज मायोनिज सस हालेर मिक्चरलाई राम्ररी मोल्ने र ब्रेडमा दलेर अर्को ब्रेडले छोप्ने । आफूलाई इच्छाएको सेभमा काटेर सलाद र कुनै डीप साइडमा राखेर सर्भ गर्ने ।
कर्न टोस्ट स्यान्डविच
यो सेन्डुज तयार गर्नका लागि अघिल्ला स्यान्डविच जस्तै ६ पिस ब्रेडलाई टोस्ट गरेर एक साइड लगाउने । स्वीट कर्न ३५० ग्राम लिएर बटरमा ब्राउन हुने गरी डाम्ने । ब्लेन्डरमा राखेर क्रेस गर्नासाथ स्वाद अनुसारको नून, मरिचको धुलो, थोरै चिज, मायोनिज सस हालेर मोल्ने र एउटा बाउलमा राख्ने । ३ पिस ब्रेडमा दल्ने र अरु ३ पिस ब्रेडले छोपिदिने । आफ्नो इच्छा अनुसारको सेभमा काटेर साइडमा सलाद र दिप राखी सर्भ गर्ने ।
कोट नेपालीहरूको अनिवार्य पोसाकजस्तै बनिसकेको छ । विवाह-ब्रतबन्ध, भोजभतेर होस् वा बर्थडे पाटी जताततै कोट लगाउने चलन बढ्दो छ । पाटी भन्नेबितिक्कै पार्टीको कुरा पनि आइहाल्छ । अहिले पार्टी प्रवेश र परित्याग गर्द...
सामान्य रुपमा मुलुकको सार्वजनिक प्रशासन सञ्चालन गर्ने स्थायी संयन्त्रका रूपमा स्थापित राष्ट्रसेवकहरूको समष्टिगत संरचनालाई निजामति सेवा भनिन्छ । खुला एवं आन्तरिक प्रतिस्पर्धाबाट छानिएर आएका विशिष्ट ज्ञान, सीप र क्षमता ...
उनकै कार्यकर्ताले मानेनन्, अझ भनौं झन् बढी उल्लंघन गरे, यो बेग्लै कुरा हो तर सरकारबाट हटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा असाध्यै राम्रो कुरा गरेका थिए २०७८ फागुन २७ गते पोखरामा । अन्य दलका क...
राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि इतिहासको विभिन्न कालखण्डमा नेपाली जनताले पटक-पटक गरेका ऐतिहासिक जनआन्दोलन र सशस्त्र संघर्षका क्रममा कम्युनिस्ट एवं लोकतान्त्रिक आन्दोलनका विभिन्न नेता- कार्यकर्ताहरूसँग ...
माछा धेरैलाई मनपर्छ, त्यसमा पनि टाउको मन पराउने धेरै हुन्छन् । माछाको टाउको खाने चलन नेपालमा मात्र होइन, संसारमा प्रायः सबै देशहरूमा माछाको परिकारलाई मन पराएको पाइन्छ । माछाको टाउकोमा धेरै पोषक तत्वहरू ...
त्यसबेला सुवास नेम्वाङ संविधानसभाको अध्यक्ष हुनुहुन्थेन भने वर्तमान नेपालको संविधान दोस्रो संविधानसभाबाट पनि जारी हुन सक्ने थिएन । पहिलो संविधानसभालाई अन्तर्राष्ट्रिय स्वार्थका कारण योजनाबद्ध रूपमा असफल गराइयो...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...