१२ असार २०८३, शुक्रबार

बागमती ब्याडमिन्टन संघको आयोजनामा प्रदेशस्तरीय तालिम सम्पन्न

बागमती ब्याडमिन्टन संघको आयोजनामा प्रदेशस्तरीय तालिम सम्पन्न

बागमती प्रदेश ब्याडमिन्टन संघको आयोजनामा ९ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूलाई ब्याडमिन्टनको आधारभूत तालिम दिइएको छ ।

बागमती प्रदेश अन्तर्गत पर्ने १३ वटा जिल्लाका सहभागीहरूलाई तालिम दिइएको प्रदेश ब्याडमिन्टन संघका संयोजक रुद्र थिङ्गले जानकारी दिए।

१५ दिने उक्त तालिममा १२० जना बालबालिकाहरू सहभागी भएका थिए ।

थिङ्गका अनुसार तालिम काठमाडौं, भक्तपुर र ललितपुरमा संचालन भएको थियो। 

काठमाडौंको जेष्ट ब्याडमिन्टन एकेडेमी बसुन्धारा, ललिततपुरको हरिसिद्धी क्लब र भक्तपुरको दुवाकोट ब्याडमिन्टन सर्कलमा तालिम संचालन भएको हो । 

काठमाडौंमा २५, ललितपुरमा ३५ र भक्तपुरमा ६० जनाले तालिम लिएका हुन् । 

ब्याडमिन्टन खेलप्रति आकर्षण बढाउन र खेलाडी उत्पादन गर्नमा सहयाेग गर्ने उद्देश्यका साथ उक्त तालिम आयोजना गरिएको संघका संयोजक थिङ्गले जानकारी दिए । 

जेष्ट ब्याडमिन्टन ऐकेडेमी बसुन्धारामा भएको समापन कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाले ब्याडमिन्टन खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि जुनसुकै सहयोग गर्न तयार रहेको बताए । 

‘ब्याडमिन्टन खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि राखेप जुनसुकै तहसम्मको सहयोग गर्न पनि प्रतिवद्ध छ ।’ उपाध्यक्ष काेइरालाले भने । 

समापन कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले राखेपको सहयोगले ब्याडमिन्टन खेलको विकासमा अझै सहयोग पुग्ने बताए । 

खेलकुदमा लाग्दा बालबालिकाकाे कुलतमा फस्ने सम्भावना कम भएको भन्दै उनले बालबालिकालाई खेलकुदमा लगाउन आग्रह गरे । 

कार्यक्रममा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। 

तालिम निशुल्क संचालन गरिएकाे आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्