३० जेठ २०८३, शनिबार

प्राविधिक परीक्षणपछि पुन: सञ्चालनमा आयो चन्द्रागिरि केबलकार

बैशाख १०, २०८०
प्राविधिक परीक्षणपछि पुन: सञ्चालनमा आयो चन्द्रागिरि केबलकार

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केबलकार प्राविधिक परीक्षणपछि पुनः सञ्चालनमा आएको छ । 

शुक्रबार अकस्मात आएको ठूलो हावाहुरीका कारण अपराह्न ३ बजेदेखि केबलकार सेवा तत्कालका लागि बन्द गरिएको थियो ।

प्राविधिक परीक्षणको काम सकिएपछि आइतबार दिउँसोदेखि केबलकार पुनः सञ्चालनमा आएको हो । 

प्राविधिक परीक्षणका क्रममा केबलकार सेवा बन्द हुँदा यात्रुमा परेको असुविधाप्रति कम्पनीले क्षमा समेत मागेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्