०२ साउन २०८३, शनिबार

चीनसँग सन् २०२७ मा लडाइँ हुने ताइवानको परराष्ट्रमन्त्रीको भनाइ

बैशाख १०, २०८०
चीनसँग सन् २०२७ मा लडाइँ हुने ताइवानको परराष्ट्रमन्त्रीको भनाइ

ताइवानका परराष्ट्रमन्त्री जोसेफ वुले चीनसँग सन् २०२७ मा युद्धका लागि तयारी गरिरहेको बताएका छन् । 

एलबीसीको टुनाइट विथ एन्ड्रु मारसँग कुरा गर्दै वुले भने, ‘चीनको सैन्य जोखिमलाई हामीले निकै गम्भीरतापूर्वक लिएका छौं । सन् २०२७ का लागि हामी गम्भीर हुनुपर्छ ।’

चीनका राष्ट्रपति सी चिनपिङले देशको सेनालाई सन् २०२७ सम्ममा ताइवान मिसाइसक्न आदेश दिएको अमेरिकी गुप्तचर निकायले विश्वास गरेको छ । चीनले ताइवानलाई आफ्नै एक प्रान्त मान्ने गरेको छ र मुख्यभूमिसँग त्यो मिसिनुपर्छ भन्ने गरेको छ । 

शुक्रवार मात्र चीनका परराष्ट्रमन्त्री छिन काङले ताइवान जलसन्धिका दुवै भाग चीनकै भएको बताएका छन् । ताइवानको विषयमा आगोसँग खेल्नेहरू आफैं डढ्नेछन् समेत उनले बताए । 

केही अमेरिकी अधिकारीहरू चाहिँ त्यसअगावै युद्ध हुने विश्वास गर्छन् । गत जनवरी महिनामा अमेरिकाको हिन्द–प्रशान्त कमान्डका उपकमान्डर जनरल माइक मिनिहानले सन् २०२५ मा युद्ध हुन सक्ने आभास आफूलाई मिलेको बताएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्