बलिउड अभिनेत्री कट्रिना कैफ सलमान खानकी बहिनी अर्पिताले आयोजना गरेको ईद समारोहमा सहभागी हुँदा सबैको आँखा उनमा परेको थियो ।
तरुण तहलियानीले बनाएको अफह्वाइट अनारकलीमा कट्रिना निकै सुन्दर देखिएकी थिइन् । उनले आफ्नो लूक सुन्दर र सरल राखेकी थिइन् ।
फोटो खिचाउँदै गर्दा कट्रिनाले आफ्नो पेटलाई दुपट्टाले बारम्बार छोपेकी थिइन् । त्यसले गर्दा उनका प्रशंसकहरू उनी गर्भवती रहेको हुन सक्ने अन्दाज गरिरहेका छन् ।
कट्रिना पछिल्लोपटक भूत पुलिस नामक फिल्ममा देखिएकी थिइन् । सलमान खानसँग उनको फिल्म टाइगर ३ आउन लागेको छ ।