२८ असार २०८३, आइतबार

एलिजा गौतमद्वारा १० जना विद्यार्थीलाई छात्रवृत्तिको घोषणा

बैशाख १०, २०८०
एलिजा गौतमद्वारा १० जना विद्यार्थीलाई छात्रवृत्तिको घोषणा

नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमले १० जना गरिब, असहाय तथा जेहेन्दार विद्यार्थीहरुलाई कक्षा १ देखि एस.ई.ई.सम्म पूर्ण छात्रावृत्ति प्रदान गर्ने भएकी छिन् । उनले सुकेधारामा रहेको आफूले पढेको विद्यालय सेन्ट देविस ईंग्लिस स्कूलका १० जना विद्यार्थीलाई पूर्ण छात्रावृत्ति दिने भएकी हुन् । उनी नागरिक उन्मुक्ति पार्टीकी नेतृ समेत हुन् । 

आज (आइतबार) विद्यालयमा आयोजित एक समारोहकाबीच उनले विद्यालय व्यवस्थापन टिमसँग उक्त सम्झौता गरेकी हुन् । शिक्षा क्षेत्रमा योगदान पुर्याउने आफ्नो बाल्यकालदेखि चाहना भएको उल्लेख गर्दै उनले आज उक्त चाहना पूरा भएको बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्