०४ साउन २०८३, सोमबार

सचिन तेन्दुलकरको जन्मदिन आज : क्रिकेट करीयरमा १३ सिक्काको त्यो किस्सा

बैशाख ११, २०८०
सचिन तेन्दुलकरको जन्मदिन आज : क्रिकेट करीयरमा १३ सिक्काको त्यो किस्सा

क्रिकेटका महानतम ब्याट्स्म्यानमध्ये एक सचिन तेन्दुलकर आज ५० वर्ष पुगेका छन् । 

विश्व क्रिकेटमा उनलाई भगवानको दर्जा दिइने गर्छ । 

उनको जन्मदिनमा धेरैले थाहा नपाएको एउटा किस्सा प्रस्तुत गरिँदैछ । 

तेन्दुलकरका प्रशिक्षक रमेश आचरेकरले अनौठो तरिकाले अभ्यास गराउने गरेका थिए । उनी सचिनलाई सफल क्रिकेटर बनाउनका लागि क्रीजमा विकेटमुनि एक भारुको सिक्का राख्ने गर्थे । थकानले चुर नहुन्जेल क्रीजमा टिकेर सचिनले खेलिरहून् भनी आचरेकरले सिक्का राख्ने गरेका थिए । 

कुनै बलरले सचिनलाई आउट गरेमा सिक्का आफैं लैजान्थ्यो । तर सचिन आउट भएनन् भने सिक्का राख्न पाउँथे । 

आफ्ना गुरु आचरेकरसँग सचिनले यसरी १३ वटा सिक्का जितेका थिए । अहिलेसम्म ती सिक्का उनीसँगै छन् । 

सचिनलाई निपुण ब्याट्स्म्यान बनाउनका लागि आचरेकरले लगातार अभ्यास गराउँथे । उनी थाकेर चुर भए पनि आचरेकरले खेलिरहन प्रेरित गर्थे । 

यसले गर्दा सचिनलाई लामो इनिङ खेल्ने बानी पर्‍यो । सन् १९८९ नोभेम्बर १५ मा सचिनले पाकिस्तानविरुद्ध टेस्ट म्याचका साथ इन्टरनेशनल डेब्यु गरेका थिए । त्यसपछि २४ वर्षसम्म लगातार खेल्दै सन् २०१३ मा उनले संन्यास लिए । 
 

salt training

कमेन्ट गर्नुहोस्