२६ असार २०८३, शुक्रबार

सन् २०२२ मा संसारको सैन्य खर्च अहिलेसम्मकै सबभन्दा धेरै, युक्रेन युद्ध प्रमुख कारण

बैशाख ११, २०८०
सन् २०२२ मा संसारको सैन्य खर्च अहिलेसम्मकै सबभन्दा धेरै, युक्रेन युद्ध प्रमुख कारण

सन् २०२२ मा संसारको सैन्य खर्च अहिलेसम्मकै सबभन्दा धेरै पुगेको पाइएको छ । 

स्विडनको राजधानी स्टकहोममा रहेको संस्था स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युट (सिप्री) को ताजा प्रतिवेदनअनुसार, युक्रेन युद्धका कारण युरोपभरि सेनामा अत्यधिक खर्च बढेको छ । सन् २०२२ मा संसारमा २०.२४ खर्ब डलर सेनामा खर्च गरिएको छ र त्यो अहिलेसम्मकै कीर्तिमान हो । लगातार आठ वर्षदेखि संसारभरि सैन्य खर्च बढिरहेको छ । 

अझ युरोपमा त यो १३ प्रतिशतसम्म बढेको छ । विगत ३० वर्षमा यो वृद्धि सबभन्दा धेरै हो । 

रुस–युक्रेन द्वन्द्वका कारण संसारका अन्य देशले पनि सैन्य खर्च बढाएका छन् । निकट भविष्यमा यसमा सुधार आउने देखिएको छैन । 

सेनामा सबभन्दा बढी खर्च गर्ने मुलुक अमेरिका हो । सन् २०२२ मा अमेरिकाको रक्षा बजेट ८७७ अर्ब डलर थियो । त्यो संसारमा हुने कुल सैन्य खर्चको ३९ प्रतिशत हो । अमेरिकाले सन् २०२२ मा मात्र युक्रेनलाई लगभग २० अर्ब डलर बराबरको सैन्य सहायता दिएको छ । 

सेनामा सर्वाधिक खर्च गर्ने मुलुकको सूचीमा चीन दोस्रो स्थानमा छ । सन् २०२२ मा चीनको सैन्य बजेट २९२ अर्ब डलर थियो । उसले लगातार सैन्य बजेट बढाइरहेको छ । 

त्यसपछि भारत, जापान र साउदी अरब आउँछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्