१० साउन २०८३, आइतबार

रवि लामिछाने भन्छन्– अक्षमको जञ्जालबाट मुलुकलाई मुक्ति दिनुपर्छ, देश अब युवाले हाँक्नुपर्छ

बैशाख ११, २०८०
रवि लामिछाने भन्छन्– अक्षमको जञ्जालबाट मुलुकलाई मुक्ति दिनुपर्छ, देश अब युवाले हाँक्नुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ का उम्मेदवार रवि लामिछानेले यो देश अब युवाले हाँक्ने बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै लामिछानेले अब यो देश युवाले हाँक्ने बताएका हुन् ।

दशकौंसम्म नागरिकको अवस्था नसुध्रिको भन्दै उनले असक्ष राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति दिलाउनुपर्ने पनि बताएका छन् ।

‘यो देशलाई यो बिन्दुसम्म ल्याउन कयौंले जीवनको आहूति दिएका छन् । वैशाख ११ को लोकतन्त्र दिवस मनाइरहँदा कहिलेकाहीँ सोच्छु— ऐतिहासिक राजनीतिक परिवर्तनले त्यो बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन ? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन ?’ प्रश्न गर्दै रविले भनेका छन्, ‘अहिलेको देश देख्दा लाग्छ— हामी दशकौं पहिले जहाँ थियौं, अहिले पनि त्यहीँ छौं । व्यवस्था त सुध्रियो, नागरिकको अवस्था सुध्रिएन । यो लोकतन्त्र दिवसले ती तमाम  अक्षम राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति देओस् । यो देश अब युवाले हाँक्छन् ।’

salt training

कमेन्ट गर्नुहोस्