०४ साउन २०८३, सोमबार
मतगणना अपडेट

चितवन- २ मा रविले लिए अग्रता, एमाले दोस्रो स्थानमा

बैशाख ११, २०८०
चितवन- २ मा रविले लिए अग्रता, एमाले दोस्रो स्थानमा

चितवन क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार रवि लामिछानेले अग्रता कायम गरेका छन् । 

इच्छाकामना– ३ को मतगणना जारी रहँदा रविले फराकिलो अग्रता लिएका हुन् ।

उनले ११५५ मत प्राप्त गर्दा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र कांग्रेसका जीतनारायण श्रेष्ठले ५८८ मत पाएका छन् ।

शुरूआतमा एमालेले अग्रता लिए पनि लगत्तै रवि अगाडि लागेका हुन् । मंसिर ४ मा चितवन- २ बाट रवि फराकिलो मतान्तरले विजयी भएका थिए ।

नागरिकता प्रकरणमा उनको सांसद पद गएपछि पुन: उपनिर्वाचन भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्