२९ जेठ २०८३, शुक्रबार
मतगणना अपडेट

उपेन्द्रले फेरि लिए अग्रता, कुशवाहा दोस्रोमा

बैशाख ११, २०८०
उपेन्द्रले फेरि लिए अग्रता, कुशवाहा दोस्रोमा

बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले फेरि अग्रता लिएका छन् ।

शुरूमा अगाडि लागेर फेरि पछि परेका उपेन्द्र अहिले ८९ मतले अगाडि छन् ।

उपेन्द्रले १ हजार ३९० मत ल्याउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १ हजार ३०१ मत ल्याएका छन् ।

नेकपा एमालेका पुरुषोत्तम पौडेल ६२९ मत ल्याएर तेस्रो स्थानमा छन् ।

चौथो स्थानमा रहेका रास्वपाका रमेश खरेलले २५९ मत ल्याउँदा आमजनता पार्टीका अरुण ज्ञवालीले १२५ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्