२३ जेठ २०८३, शनिबार
उपनिर्वाचन

उपेन्द्र यादवलाई पछ्याउँदै जनमतका कुशवाहा, ‘टप थ्री’ मा अटाएनन् रमेश खरेल

बैशाख ११, २०८०
उपेन्द्र यादवलाई पछ्याउँदै जनमतका कुशवाहा, ‘टप थ्री’ मा अटाएनन् रमेश खरेल

आइतबार सम्पन्न उपनिर्वाचन अन्तर्गत बारा क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ । सोमबार दिउँसोदेखि सुरु भएको मतगणनाको पछिल्लो मतपरिणामअनुसार जसपाका अध्यक्ष समेत रहेका उम्मेदवार उपेन्द्र यादवले अग्रतालाई कायमै राखेका छन् । उनले २९५४ मत पाउँदा जसपाका शिवचन्द्र कुशवाहाले पछ्याइरहेका छन् । 

कुशवाहाले २३०४ मत पाएका छन् । यस्तै एमाले पुरुषोतम् पौडेलले १००४ मत पाएका छन् । यसैबीच चितवन २ र तनहुँ १ मा रास्वपाले तहल्का मच्चाइरहेका बेला बारा २ मा भने सो पार्टीका उम्मेदवार रमेश खरेल पछि परेका छन् । उनी ‘टप थ्री’ मा पनि पर्न नसकेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्