
निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिई निर्वाचन खर्चको विवरण पेश गर्ने ५,५६१ जना उम्मेदवारहरूलाई सो विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।
आफूले गरेको निर्वाचन खर्च सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयको सूचना पाटी, सम्बन्धित गाउँपालिका वा नगरपालिका वा वडा कार्यालयको सूचना पाटीमा सार्वजनिक गर्न सकिने आयोगको भनाइ छ ।
यस्तै राजनीतिक दलको जुनसुकै तहको कार्यालय वा वेबसाइट (राजनीतिक दलको तर्फबाट उम्मेदवार भएका उम्मेदवारको हकमा), आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि) र सामाजिक सञ्जाल (फेसबुक, टिवटर, ईन्स्टाग्राम) बाट पनि सार्वजनिक गर्न सक्ने आयोगले निर्णय गरेको छ ।
यसरी सार्वजनिक गरेको प्रमाण सहितको जानकारी सम्बन्धित उम्मेदवारहरूले आ–आफ्नो प्रदेश÷जिल्ला निर्वाचन कार्यालयलाई दिनु पर्ने निर्णय भएको आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस सम्बन्धमा आयोगले उम्मेदवारहरू ७ दिनको म्याद दिइ खर्च विवरण सार्वजनिक गर्न वैशाख ६ गते निर्देशन दिने निर्णय गरेको थियो ।