०५ असार २०८३, शुक्रबार

कालिदमारमा ट्रयाक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

बैशाख १२, २०८०
कालिदमारमा ट्रयाक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

मकवानपुरमा ट्रयाक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मकवानपुरको मनहरि–३ स्थित कालिदमार भन्ने स्थानमा सोमवार राति मधेश प्रदेश०३–००१त ७१८८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा ३ जनाको मृत्यु भएको र अन्य २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा मनहरि–३ का २० वर्षीय प्रवीण प्रजा, सोही स्थानका २४ वर्षीय राजकुमार प्रजा र ट्रयाक्टर चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको प्रवक्ता कार्कीले बताए । उनका अनुसार दुर्घटनामा मनहरी–३ का अमृत प्रजा र जोखलाल प्रजा घाइते भएका छन् । 

घाइतेको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्